Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्मला हत्या प्रकरण

    गृहमन्त्री रविलाई खेम भण्डारीको चुनौती – मेरो सालो दिलिपलाई अदालतमा पेश गर्ने बुद्धि उमार

    गृहमन्त्री रविलाई खेम भण्डारीको चुनौती – मेरो सालो दिलिपलाई अदालतमा पेश गर्ने बुद्धि उमार

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । पत्रकार खेम भण्डारीले नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई निर्मला पन्त हत्या प्रकरण मुछिएका दिलिप सिंह विष्टलाई अदालतसम्म पुर्‍याउन चुनौती दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार भण्डारीले गृहमन्त्री रविलाई यस्तो चुनौती दिएका हुन् ।

    सोमबार उपप्रधान तथा गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि पद्‌भार ग्रहणका क्रममा प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले गृह मन्त्रालयका अधिकारीहरुलाई ‘निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने’ निर्णय ल्याउन भनेका थिए । सो निर्णयपछि पत्रकार भण्डारी गृहमन्त्री रविमाथि खरो रुपमा विरोधमा उत्रिएका छन् ।



    पत्रकार भण्डारीले फेसबुकमा लेखेका छन्, ‘रवि लामिछानेको औकात नै छैन मेरो साला पर्ने दिलिप सिंह बिस्टलाई अदालतसम्म पुर्‍याउने । पुलिस दुरुपयोग गरेर नियन्त्रणमा लिन सक्ला तर विस्वको चासो भएको केसमा नेपाल प्रहरी कसरी बोका बन्ला ? म एक्लो मान्छे हुँ तर सत्यको अडिग सिपाही हुँ । रविलाइ मेरो चेतावनी दिलिपलाई अदालतमा पेश गर्ने बुद्धि उमार ! चम्चाहरुलाइ पनि चेतना भया !’



    उनले दोश्रो स्टाटस लेख्दै थपेका छन्, ‘४८ घन्टा वाला रवि लामिछानेको फण्डाको प्रगती विवरण गृहमन्त्रालयले जनतालाई दिने होला नि ? ४९ घण्टा लाग्यो भने रविले राजिनामा दिनुपर्छ । अन्यथा आफूलाई फण्डेवाज स्विकार गर्नुपर्छ ।’

    यसैगरी उनले फेरि अर्को स्ट्याटस लेखेका छन्, ‘खुसी लागेको छ, निर्मलाको हत्यारा बचाउने डफ्फाले केस डिसमिस गर्न दोस्रो इनिङ थाल्यो । अब १५ दिनसम्म चुप भइन्छ, गृहमन्त्रीले आफ्नो पहिलो निर्णयबारे १५ दिनमा ठोस कदम उठाउने मुटु-कलेजो बोकेका छन कि छैनन हेरौं । पुस २८ सम्म निर्मला प्रकरणबारे नो स्ट्याटस, नो कमेन्ट ।’

    यिनै पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले २०७६ असार ३० गते तत्कालीन न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले असार ३० गते भण्डारीलाई ‘तुच्छ सजाय’ अन्तर्गत एक रुपैयाँ जरिवाना र एक घण्टा कैदको फैसला गरेको थियो। भण्डारीलाई अदालतले निर्मला प्रकरणलाई ट्विस्ट एन्ड टर्न गरेर रहस्यमय बनाएको ठहर गर्दै एक रुपैयाँ जरिवाना र एक घन्टा कैद सजाय सुनाएको थियो ।

    २०७५ साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मलाको शव अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो। घटना भएकोको लामो समय बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार