Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निर्मला पन्त प्रकरण : अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा नयाँ समिति गठन

    निर्मला पन्त प्रकरण : अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा नयाँ समिति गठन

    अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 999
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने निर्देशनपछि निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन गरिएको छ ।

    प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।



    गृहमन्त्री भएपछि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय गरेका थिए । गृहमन्त्रीको सो निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको हो ।



    समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार उनीहरुलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको छ ।

    २०७५ साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मलाको शव अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो । घटना भएकोको लामो समय बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार