Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निर्मला हत्या प्रकरण : अनुसन्धानमा खटिएको सीआइबीको टोली फिर्ता

    निर्मला हत्या प्रकरण : अनुसन्धानमा खटिएको सीआइबीको टोली फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 888
    SHARES

    कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानका लागि आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली काठमाडौं फिर्ता भएको छ ।

    सीआइबीका प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वको टोली अनुसन्धानका क्रममा प्रयोग गरिएका कम्प्युटर, फाइल तथा अन्य कागजपत्र लगायतका सबै सामान लगेर एक महिनाअघि नै काठमाडौं फिर्ता भएको हो ।



    यद्यपि सो घटनाको अनुसन्धान भने जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । २०७५ साउन १० मा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तको हत्या घटनामा सीआइबीको टोलीले अनुसन्धान गरिरहेको थियो ।



    तर सो टोली ५ वर्षपछि काठमाडौँ फिर्ता भएको हो । उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको पाँच वर्ष पुगिसकेको छ। तर हालसम्म पनि प्रहरी अपराधीसम्म पुग्नसकेको छैन ।

    २०७५ साल साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार