Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निर्मला पन्तको हत्याबारे गृहमन्त्री लामिछानेलाई आईजीपीले गरे ‘ब्रिफिङ’

    निर्मला पन्तको हत्याबारे गृहमन्त्री लामिछानेलाई आईजीपीले गरे ‘ब्रिफिङ’

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना अनुसन्धानबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी लिएका छन् ।

    शुक्रबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक, नायब महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरुले निर्मला पन्तको बलात्कार र हत्याबारे अहिलेसम्म भएका अध्ययन अनुसन्धानबारे बिफ्रिङ गरेका हुन् ।



    गृहमन्त्री भएपछि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय गरेका थिए ।



    २०७५ साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मलाको शव अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो । घटना भएकोको लामो समय बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार