काठमाडौं । काडमाडौंका एकता घिमिरे र सञ्जीव न्यौपानेका नवजात छोरा रिहानलाई उपचार गर्दा लापरबाही गरेको भन्दै ३५ लाख तिराउने गरी पाटन उच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।
न्यायाधीश सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले जेठ ९ गते गरेको फैसलाको पूर्णपाठमा ग्राण्डी अस्पतालले रिहानको उपचार गर्दा चरम लापरवाही गरेको भन्दै पीडितलाई ३५ लाख भराउन आदेश गरेको हो ।
यसअघि न्यौपाने परिवारले दिएको उजुरीका आधारमा नेपाल मेडिकल काउन्सिलले २०७६ मंसिरमा ग्राण्डी अस्पतालका निर्देशक, व्यवस्थापन प्रमुख, बाल विभागलाई सचेत गराएको साथै उपचारमा संलग्न डाक्टर दिपिका ढकाललाई दोषी देखाएको थियो।
ग्रान्डी अस्पतालले डाक्टर ढकाललाई निष्काशन गरेको थियो।
यस्तो छ आदेश पूर्णपाठ :