Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज देशका सबै निर्वाचन क्षेत्रमा कोणसभा गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्ने भएको छ ।

महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध भन्दै राप्रपाले देशभर कोणसभा गर्न लागेको हो । देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको छ ।

सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले चेतावनी दिए । पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेर अहिले दोस्रो चरणको आन्दोलन गरिएको श्रेष्ठले बताए ।

काठमाडौंलगायत देशका विभिन्न ठाउँमा ‘थाल ठटाउने’ कार्यक्रम गर्दै राप्रपाले तेस्रो चरणको आन्दोलनको चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077