Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हिटलरको घडी लिलामीमा विक्री

एजेन्सी । नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा बिक्री भएको छ ।

एक अज्ञात बोलीकर्तालाई ११।१ मिलियन डलरमा बिक्री गरिएको हो । उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ ।

घडीमा एएच नामको अक्षर कुँदिएको छ । यहुदी नेताहरूले लिलामीको निन्दा गरेका थिए । आफ्नो उद्देश्य इतिहास रक्षा गर्नु भएको लिलामी घरले जनाएको छ । उसले विगतमा पनि नाजी स्मारक बेचेको थियो ।

एडोल्फ हिटलरले सन् १९३३ देखि १९४५ को बीचमा नाजी जर्मनीको नेतृत्व गरेका थिए । उनको शासनकालमा लाखौँ यहुदी मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077