Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण ५० भन्दा बढी गाउँ डुबानमा

    पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण ५० भन्दा बढी गाउँ डुबानमा

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण ५० भन्दा बढी गाउँ डुबानमा परेका छन् ।

    बलुचिस्तानबाट अचानक आएको बाढी सिन्ध प्रान्तमा प्रवेश गरेपछि पहाडी ५० भन्दा बढी गाउँ डुबानमा परेका हुन् । प्रभावित क्षेत्रका जनता आफ्नो ज्यान जोगाउन पहाड र सुरक्षा घाटमा शरण लिन बाध्य भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।



    विशेष गरी बलुचिस्तानमा यस वर्षको मनसुन मौसममा अप्रत्याशित रूपमा भारी वर्षा परेको छ । अबिरल वर्ष र बाढीले अहिलेसम्म बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भइसकेको छ ।



    मृत्यु हुनेमा ७ बालबालिका र एक जना महिला छन् । खैबर पख्तुनख्वा प्रान्तमा १० जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा उद्दारकर्ता परिचालन गरिएको केन्द्र सरकारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार