Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

निजी अस्पतालबाट पनि स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश

काठमाडौं । सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार निजी अस्पतालबाट पनि स्वास्थ्य बिमा कार्यक्रमलाई अघि बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको हो।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत् सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र बिमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उल्लेख गरेपछि चर्को आलोचना भएको थियो ।

स्वास्थ्य मन्त्रालयले सो कुरालाई संशोधन गर्दै निजी र सरकारी अस्पतालमार्फत् बिमा कार्यक्रम अघि बढाउने गरी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो।

तत्कालीन अर्थमन्त्री शर्माले पेश गरेको बजेट वक्तव्यमा भनिएको छ, ‘स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि सबै सामुदायिक तथा सरकारी अस्पतालमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ । स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनीमार्फत् सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077