Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अर्थमन्त्री शर्माको पहिलो निर्णय : निक्षेप बीमा ३ लाखबाट ५ लाखसम्म पुर्‍याइने

काठमाडौं । अर्थमन्त्रीमा पुर्नबहाली भएपछि जनार्दन शर्माले निक्षेप बीमाको सीमा बढाएर पाँच लाख पुर्‍याउने निर्णय गरेका छन् ।

शर्माले बजेटमा उल्लेख भएअनुसार निक्षेप बीमाको विद्यमान सीमा ३ लाखबाट ५ लाख रुपैयाँ पुर्‍याउने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गरेका हुन् ।

बजेटमा अनाधिकृत व्यक्तिलाई संलग्नता गराएको आरोप लागेपछि संससदिय छानविन समिति गठन भएसँगै शर्माले राजिनामा दिएका थिए।

संसदीय छानविन समितिले शर्मामाथि लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको भन्दै प्रतिवेदन बुझाएपछि अर्थमन्त्रीमा पुन शर्मा नै नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077