Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो ।

दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ । महँगीले नागरिक ठूलो मारमा परे पनि महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्न लागिएको हो ।

जनप्रदर्शनलाई व्यवस्थित र सङ्गठित शक्तिलाई परिचालन गर्न एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077