Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इङ्ग्ल्यान्डले पहिलोपटक जित्यो महिला युरो कपको उपाधि

    इङ्ग्ल्यान्डले पहिलोपटक जित्यो महिला युरो कपको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 828
    SHARES

    एजेन्सी । आयोजक इग्ङ्ल्यान्डले पहिलोपटक महिला युरो कप-२०२२ को उपाधि जितेको छ । वेम्बलीमा आइतबार राति सम्पन्न फाइनल खेलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इङ्ग्ल्यान्ड च्याम्पियन बनेको हो ।

    खेलको ६२औँ मिनेटमा इला टोनी गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । ७९औँ मिनेटमा जर्मनीका लिना मागुलले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।



    निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।



    अतिरिक्त समयमा इङ्ल्यान्डकी च्लोए केलीले एक गोल गरे सँगै जित इङ्ल्यान्डको पक्षमा गएको छ । जितसँगै इङ्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार