Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा

    इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा पुगेको छ । मंगलबारराति ब्रामलमा भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो ।

    इङ्ल्यान्डको जितमा बेथ मिड, लुसी ब्रोन्जे, एलेसिया रुसो र फ्रान क्रिवेले एकरएक गोल गरे । अब उपाधिका लागि इङ्ल्यान्डले दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।



    स्विडेन सन् १९८४ को च्याम्पियन हो भने इङ्ल्यान्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । इङ्ल्यान्डले समूह चरणको खेलमा नर्वेलाई ८–० गोलले हराएको थियो ।



    क्वाटरफाइनलमा इङ्ल्यान्डले स्पेनलाई हराएको थियो । स्विडेनले क्वाटरफाइनलमा बेल्जियमलाई इन्जुरी समयमा हराउँदै सेमिफाइनलमा पुगेको हो ।

    अर्को सेमिफाइनलमा आज फ्रान्स र जर्मनी खेल्दैछन् । फाइनल खेल जुलाई ३१ मा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार