Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एक खेल अगावै भारतको कब्जामा इंग्ल्याण्डविरुद्धको टी–२० सिरिज

    एक खेल अगावै भारतको कब्जामा इंग्ल्याण्डविरुद्धको टी–२० सिरिज

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । इङ्ल्यान्डविरुद्धको टी–२० सिरिजमा भारतले कब्जा जमाएको छ । गएराति भएको खेलमा भारत ४९ रनले विजयी भएसँगै तीन खेलको सिरिजमा भारतले कब्जा जमाएको हो । पहिलो ५० रनले विजयी भएको भारत दोस्रो खेलमा पनि ४९ रनले विजयी भएको हो।

    भारतले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १७ ओभरमा १ सय २१ रन बनाउँदा अलआउट भयो । इङ्ल्यान्डका मोइन अलीले सर्वाधिक ३५ रन जोडे । त्यस्तै डेविड विलिले अविजित ३३ रन बनाए ।



    भारतका भुवनेश्वर कुमारले ३ तथा जस्प्रित बुमराह र युजभेन्द्र चाहलले २र२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । भारतका लागि रविन्द्र जडेजाले अविजित ४६ रन बनाए । त्यस्तै कप्तान रोहित शर्माले ३१ रन जोडे ।



    इङ्ल्यान्डका क्रिस जोर्डनले ४ तथा रिचार्ड गिल्सनले ३ विकेट लिए । यसअघि पहिलो खेलमा भारत ५० रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टी–२० आज हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार