Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डको विश्व कीर्तिमान

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डको विश्व कीर्तिमान

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डले विश्व कीर्तिमान बनाएको छ ।

    नेदरल्यान्ड्सँगको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै चार सय ९८ रन बनाउँदै आफ्नै कीतिमान तोडेको हो ।



    यो एकदिवसीय इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि सन् २०१८ मा इङ्ग्ल्यान्डले अस्ट्रेलियासँगको खेलमा चार सय ८१ रन बनाएको थियो ।



    इङ्ग्ल्यान्डले सर्वाधिक योगफल बनाउँदा जोस बटलरले ७० बलमा नटहाउट एक सय ६२ रन बनाए । उनले १४ छक्का र सात चौका प्रहार गरे ।

    यस्तै डेविड मलनले एक सय २५, फिलिप साल्टले एक सय २२ र लायम लिभिङस्टोनले २२ बलमा ६६ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका कप्तान पिटर सिलरले दुई विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार