Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भने – देशको आमूल परिवर्तन माओवादीले गरेको हो

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भने – देशको आमूल परिवर्तन माओवादीले गरेको हो

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 894
    SHARES

    डोटी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्र डोटीले सोमवार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा संगठन सुदृढीकरण अभियान कार्यक्रममा उनले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताए ।



    मुख्यमन्त्री भट्टले जनयुद्धको बलमा बनेको संविधानले स्थानीय सरकारलाई कानून बनाउनेदेखि न्यायिक अधिकार दिएको दाबी गरे ।



    उनले आफू मुख्यमन्त्री भएपछि डोटीका लागि थुप्रै विकास गरेको र बाँकी रहेका अधुरा विकासका काम पनि पूरा गर्ने प्रतिबद्धता जनाए ।

    उनले माओवादीका नेता कार्यकर्ता शहरमुखी नभएर गाउँमुखी हुनुपर्ने समेत बताए । उनले भने, ‘माओवादीका नेताहरू शहरमा होइन, अब गाउँमा जनतामाझ जानुपर्छ, आफ्ना योजना, कामबारे जनताका माझमा लैजानुस्, गाउँ जान डराउनुपर्ने कुनै कारण छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार