Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानमा सैनिक हेलिकोप्टर सम्पर्कबिहीन, ब्यापक खोजी

एजेन्सी । पाकिस्तानमा एउटा सैनिक हेलिकोप्टर सम्पर्कबिहीन भएपछि ब्यापक खोजी गरिएको छ ।

बाढी प्रभावितहरुका लागि राहत वितरण कार्यमा संलग्न हेलिकोप्टरमा पाकिस्तानका ६ वरिष्ठ सैनिक अधिकृतहरु सवार रहेको बुझिएको छ ।

पाकिस्तानको बलुचिस्तानका लागि उडान भरेको केही बेरमा नै उक्त हेलिकोप्टर सम्पर्कबिहिन भएको हो ।

पाकिस्तानको विभिन्न शहरहरु बाढीको चपेटामा परेका कारण सैनिक हेलिकोप्टरद्धारा उद्धार र राहत अभियान सञ्चालन गर्दै आइरहेकोमा राहतका लागि उडेको हेलिकोप्टर बेपत्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077