Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर

एजेन्सी। युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रुसलाई राष्ट्रसंघले अनुरोध गरेको हो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले एसोसिएटेड प्रेससँगका अन्तर्वार्तामा रूसी सेनाले गत मार्चको शुरुमा कब्जा गरेको दक्षिणपूर्वी सहर एनरहोदरको जापोरिझ्झ्या आणविक केन्द्रको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण हुँदै गइरहेको बताए ।

उक्त केन्द्रमा आणविक सुरक्षाका हरेक सिद्धान्त उल्लङ्घन गरिएका बताउँदै उनले त्यसले अत्यन्त गम्भीर र खतरनाक परिस्थिति निम्त्याउन सक्ने चेतावनी दिए । उनले केन्द्र नजिकको रुस नियन्त्रित क्षेत्रमा चर्केको भीषण युद्धले आणविक केन्द्रको सुरक्षा जोखिममा परेको बताए ।

केन्द्रमा पुग्न आफू, आफ्नो टोलीलाई सुरक्षालगायत अन्य आवश्यक व्यवस्था गर्न उहाँले रुस र युक्रेनलाई अपिल पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077