Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ताइवान चीनको अभिन्न अंग र आन्तरिक मामिला हो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी संसदमा सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति आपत्ति जनाएका छन् ।

खनालले ताइवान चीनको अभिन्न अंग रहेको बताउँदै खनालले अमेरिकी सक्रियताप्रति आपत्ति जनाएका हुन् ।

समाजवादीका विदेश विभाग प्रमुख खनालले विश्वका सबैजसो देशहरुले ताइवानलाई चीनकै भूमिको मान्यता दिइसकेको अवस्थामा अमेरिकी सभामुख त्यहाँ पुगेर यस क्षेत्रलाई द्वन्द्वतर्फ लैजान खोजेको आरोप लगाएका छन्।

ताइवान र सम्पूर्ण एसिया क्षेत्रको शान्तिमा खलल पुर्‍याउन खोज्ने कुनै पनि गतिविधिको आफूहरुले विरोध गर्ने पनि खनालले जनाएका छन् । खनालले विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन्।

'चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्दै सबै देशहरूले ताइवानलाई चीनको अविभाज्य अंगका रूपमा मान्यता दिएका छन्', उनले भने,'यस्तो अवस्थामा न्यान्सी पेलोसीको भ्रमण एक चीन सिद्धान्त विपरीत हो। त्यसैले यसले ताइवान वरपर तनाव सिर्जना गरेको छ।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077