Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका गहना व्यवसायीलाई कैलाली पठाइयो

काठमाडौं । मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सन्तोष लामिछानेलाई कैलाली पठाइएको छ ।

बुधबार पक्राउ परेका लामिछानेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको हो ।

कैलाली प्रहरीको सूचनापछि प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोबाट खटिएको टोलीले मुम्बई उड्नका लागि जहाजमा चढेका लामिछानेलाई पक्राउ गरेको थियो ।

उनी धनगढी २ स्थित सौगात सुनचाँदी पसलका सञ्चालक हुन् । पक्राउपछि लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077