Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै अखिल क्रान्तिकारीद्धारा प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग राख्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भारी मात्रामा मूल्य घट्दा पनि नेपाल आयल निगमले मूल्य घटाउन आनाकानी गरेको भन्दै क्रान्तिकारीले नेपाल आयल निगमको कार्यालय अगाडि दबाब मुलक बिरोध प्रदर्शन गरेको हो ।

क्रान्तिकारीको केन्द्रीय समितिले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

आयल निगमले भने भारतबाट मूल्य घटेर आएपनि निगमको घाटा कायमै रहेकोले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077