Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद बैठक सुरु, निर्वाचन मंसिर ४ मा गर्ने प्रस्ताव

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर ४ मा गर्ने प्रस्ताव गरिएको छ ।

सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा निर्वाचनको मिति प्रस्ताव गरिएको हो ।

स्रोतका अनुसार गृहमन्त्रालयले आगामी आम निर्वाचनको मिति मंसिर ४ गते आइतवार एकै चरणमा गर्ने प्रस्ताव जनाइएको छ। गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको मिति बैठकमा प्रस्ताव गरेका हुन् ।

यसअघि बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा आगामी निर्वाचन मंसिर ४ मा गर्न सुझाव दिएको थियो । सोहीअनुसार गृहमन्त्री खाणले मिति प्रस्ताव गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077