Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मंसिरको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले समयमा विद्युतीय मतदान मेसिन नदिएका कारण ४ मंसिरको चुनावमा प्रयोग हुने सम्भावना नभएको बताए ।

निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भए असार मसान्तभित्र उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेको थियो ।

‘यसपलि विद्युतीय भोटिङ मेसिनको सम्भावना रहेन, हामीले असार मशान्तभित्र आयोगलाई विद्युतीय भोटिङ मेसिन उपलब्ध गराइदिन आग्रह गरेका थियौं, तर सरकारले उपलब्ध गराउन सकेन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077