Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भदौ पहिलो साताभित्र भागबण्डा टुंग्याउने पक्षमा गठबन्धन

    भदौ पहिलो साताभित्र भागबण्डा टुंग्याउने पक्षमा गठबन्धन

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 975
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चुनावी तालमेल र भागबण्डाबारे छलफल गर्न शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका छन् ।

    सत्तारुढ पाँच दलीय गठबन्धनले भदौ पहिलो साताभित्र १६५ निर्वाचन क्षेत्रको भागबण्डा मिलाउने गरि सहमति भएको हो ।



    सत्तारुढ पाँच दलीय गठबन्धनले भदौ पहिलो साताभित्र १६५ निर्वाचन क्षेत्रको भागबण्डा मिलाउने भएको छ । सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत बनेको छ ।



    सरकारले मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेपछि चुनावी तालमेल र भागबण्डाबारे छलफल गर्न शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका हुन् ।

    सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आआफ्नै प्रस्ताव अघि सारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार