Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धनका दलहरुले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने

    गठबन्धनका दलहरुले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा २ वा सो भन्दा बढी दलले एउटै निर्वाचन चिन्हमा लड्न पाउने भएका छन् ।

    निर्वाचन आयोगले दल दर्ताका लागि सूचनामा आह्वान गर्दै यस्तो जानकारी दिएको हो । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेर निर्वाचनमा केही उम्मेदवार उठाएका थिए ।



    महानगर र उपमहानगरमा सत्ता गठबन्धनबीचमा तालमेल भएको थियो भने एमालेले पनि भरतपुर महानगरपालिका लगायत केही क्षेत्रमा तालमेल गरेको थियो। अहिले पनि सत्तारुढ पाँच दलीय गठबन्धनले मिलेर निर्वाचनमा जाने सहमति पनि गरेका छन् ।



    आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढांचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार