Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थाइल्यान्डको रात्रि क्लबमा आगलागी : १४ जनाको मृत्यु, ४० घाइते

एजेन्सी । थाइल्याण्डको एक नाइट क्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।

घटनामा ४० जना घाइते भएका छन् । थाइल्याण्डको चोनबुरी राज्यमा रहेको माउन्टेन बी नाइटक्लबमा सर्वसाधारण नाचगानमा ब्यस्त रहेका बेला आगलागी भएको हो ।

विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएपनि अनुसन्धान जारी छ । आगलागी नियन्त्रणका लागि दर्जनौ अग्नी नियन्त्रक परिचालन गरिएको भएपनि आगो नियनन्त्रणमा लिन २ घण्टा लागको थियो ।

आगलागीले नाइट क्लब पूर्ण रुपमा ध्वस्त भएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृत्यु हुने सबै थाइल्याण्डका नागरिकहरु रहेको पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077