Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनको शक्तिखोर क्षेत्रमा अति भारी वर्षा, सर्तकता अपनाउन अनुरोध

चितवन । चितवनको शक्तिखोर क्षेत्रमा अति भारी वर्षा मापन गरिएको छ ।

पछिल्लो तीन घन्टा शक्तिखोर आसपासका क्षेत्रमा अति भारी वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले शुक्रवार साँझ सामाजिक सञ्जालमा सूचना जारी गर्दै स–साना खोलामा आकस्मिक बहाव हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको छ ।

विभागको सूचनामा उल्लेख छ, ‘खयर खोला, लोडारी खोला लगायत रत्ननगर र आसपासका स–साना खोलामा आकस्मिक बहाव हुनसक्छ, राति १० बजेसम्म सतर्क रहौ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077