Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राती पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गरेपछि २४ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो ।

पार्टी प्रवक्ता कृष्ण बहादुर महराले एक विज्ञप्ति जारी गर्दै साउन २० देखि २४ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी गराएका छन् ।

नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा सचिवालयका ३ सदस्यसहित प्रचण्ड शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानमा जापान गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077