Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री शाहीको आरोप : मैले भनेको कर्मचारीले मान्दैनन्

सुर्खेत । आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् ।

असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनि पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो गरेका हुन् ।

मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा भारी मात्रा काम गरेको रकम दिन बाँकी छ भनेर प्रतिवेदन सार्वजानिक भएपछि मुख्यमन्त्री शाहीको यस्तो भनाइ आएको हो ।

कर्मचारीले आफ्नो हिसाव नमिलेपछि जनताको भुक्तानी दिन आनाकानी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077