Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महासचिव पोखरेलको आरोप - जनताको जीवन सहज बनाउने काममा सरकार पूर्णरुपमा असफल भयो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलक श्रीलंकाको बाटोमा जाने बताएका छन्।

राष्ट्रिय जनसास्कृतिक महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्षमा विदेशी मुद्राको सञ्चिति शून्य अवस्थामा पुग्ने र मुलक श्रीलंकाको बाटोमा जाने उनले बताए।

मुल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्णरुपमा असफल भएको उनको आरोप छ ।

महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चुनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको जिकिर गरे। उनले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077