Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पहिरोले डुम्रे–बेँसीसहर र बेँसीसहर–चामे सडक अवरुद्ध

    पहिरोले डुम्रे–बेँसीसहर र बेँसीसहर–चामे सडक अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    लमजुङ । अविरल वर्षापछि आएको पहिरोले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ।

    डुम्रे–बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा र मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा आएको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको हो।



    वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।



    उनका अनुसार पहिरोले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार