Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं दुगर्न्धित हुँदासमेत सरकार टुलुटुल हेरेर बसेको छ : सांसद श्रेष्ठ

काठमाडौं । सांसद बिनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यका फोहोरले दुर्गन्धित भएको भन्दै फोहोर व्यवस्थापनमा जुट्न तीनै तहका सरकारसँग माग गरेकी छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले फोहोरले राजाधनी काठमाडौं दुगर्न्धित हुँदासमेत सरकार टुलुटुल हेरेर बसेको आरोप लगाइन्।

उनले फोहोर व्यवस्थापनमा जुट्‍न तीनै तहको सरकारको दायित्व रहेको भन्दै हैजाले महामारी मात्रै होइन स्थानीयको ज्यानै जोखिमा रहेको बताइन्।

उनले सहर व्यवस्‍थित गर्ने बहानामा श्रमिकको रोजीरोटी खोसिएको भन्दै सडक व्यापारीका लागि वैकल्‍पिक उपायको खोजी गर्न समेत आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077