काठमाडौं । नेपाली कांग्रेस (बीपी) ले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले सबै निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट उमेदवार उठाउने निर्णय गरेको हो ।
आम निर्वाचनको सन्दर्भमा केन्द्रीय कार्यालय सञ्चालन गर्न सहमहामन्त्री जगन्नाथ घिमिरेलाई तोकिएको छ ।
यस्तै बैठकले निर्वाचन परिचालन गर्नका लागि केन्द्र, प्रदेश र जिल्लास्तरमा कमिटीहरु गठन गर्ने निर्णय पनि गरेको छ ।