काठमाडौं । पछिल्लो तीन घण्टा दोलखाको सिंगटी, जिरी र आसपास भारी वर्षा मापन भएको छ ।
खिम्ती खोला, जिरी खोलालगायत तामाकोसीका स–साना सहायक नदीमा आकस्मिक बहाव बढ्ने छन् ।
यस्तै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने जानकारी बाढी बाढी पूर्व अनुमान महाशाखाले दिएको छ ।
आइतबार राती साढे ९ बजे जारी सूचना अनुसार, सोमबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।