Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मन्त्री राईको चेतावनी – नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्ने ठेकेदारलाई तह लगाउँछु

    मन्त्री राईको चेतावनी – नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्ने ठेकेदारलाई तह लगाउँछु

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 990
    SHARES

    ;efnfO{ ;Daf]wg ub}{ dGqL /fO{ .k;f{, !) ebf} -/f;;_ M jL/uGh dxdfgu/kflnsfn] d+unaf/ jL/u~hdf cfof]hgf u/]sf] a;kfs{ pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ zx/L ljsf;dGqL dxDdb OlZtofs /fO{ . t:jL/ M lahos'df/ dxtf]

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिएका छन् ।

    सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिएका हुन् ।



    उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भई रहेकाले बिस्तारै ठिक लगाउने बताए । मन्त्री राईले ठेक्का लिने तर समयमा काम नसक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताए ।



    उनले सरकारले कुनैपनि नेताको नजिकको ठेकदार भएपनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए । उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए ।

    मन्त्री राईले मन्त्रिपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार