Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाइक र स्कुटर पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्न छलफल

    बाइक र स्कुटर पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्न छलफल

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुई पांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

    मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायाणकाजी श्रेष्ठसँग छलफलमा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।



    सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख भएअनुसार कार्यान्वयनका लागि प्रारम्भिक छलफल गरिएको मन्त्रालयले जनाएको छ ।



    खासगरी मोटरसाइकल/स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटना र जीवन जोखिममा प्रायः उनीहरू नै पर्ने गरेकाले यस विषयमा छलफल गरिएको उल्लेख छ ।

    त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्त्व बुझ्नुपर्ने भएकोले यसका लागि जनचेतनामुलक कार्यक्रम जरुरी भएको बताए ।

    सरोकारवालाहरुले दिएको सुझावमा उपप्रधानमन्त्री श्रेष्ठले यसबारे केही महिना जनचेतनामूलक गतिविधिहरुलाई तीव्रता दिने र त्यसपछि अनिवार्य गर्नेबारे निर्णयमा पुग्ने प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार