Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दुर्घटना न्यूनिकरण अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन

    दुर्घटना न्यूनिकरण अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 654
    SHARES

    काठमाडौं । सरकारले सवारी प्रदूषण, सुरक्षा र दुर्घटना न्यूनीकरण अध्ययनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

    उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा बुधबार कार्यदल गठन गरेका हुन् । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेश गर्ने छ ।



    कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा। पदमबहादुर शाही, यातायात विज्ञ मधुसूदन आचार्य र इन्जिनियर विजय गौतम सदस्य छन्।



    यातायात व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधिलाई समेत सदस्य तोकिएको उक्त कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सचिव रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार