Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षकमा भारतका भूतपूर्व अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत उनलाई प्रमुख प्रशिक्षक नियुक्त गरिएको जानकारी गराएको हो ।

प्रभाकरले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेलेका छन् । उनी भारतको रणजी ट्रफी विजेता प्रशिक्षक हुन् ।

प्रभाकरले यसअघि अफगानिस्तानको क्रिकेट टिमलाई पनि प्रशिक्षण गरेका थिए ।

श्रीलंकन प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक खाली थियो । क्यानका अनुसार प्रभाकारसँग एक वर्षको करार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077