Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्रले पनि थाल्यो निर्वाचन सुरक्षाको तयारी, एआईजी गौतमको नेतृत्वमा सेल गठन

काठमाडौं । सशस्त्र प्रहरी बलले पनि ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा तयारी थालेको छ ।

महानिरीक्षक (आईजीपी) राजु अर्यालले कार्य तथा सीमा सुरक्षा विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् ।

सशस्त्र प्रहरी प्रवक्ता विदुर खड्काका अनुसार सेलले निर्वाचनका लागि जनशक्ति बाँडफाट, निर्वाचन सुरुक्षा तयारी, निर्वाचित लक्षित शान्ति सुरक्षा व्यवस्थापन लगायतका काम गर्नेछ ।

निर्वाचनका लागि आवश्यक सामग्री र उपकरणका विषयमा पनि सेल नै अध्ययन गर्नेछ । दुवै प्रहरी संगठनको केन्द्रीय निर्वाचन सेलले प्रदेश र जिल्लामा निर्वाचन सेल गठन गर्न पनि सहजिकरण गर्ने बताइएको छ ।

यस्तै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ ।२०७९ मंसिरमा हुने निर्वाचनका लागि कार्य विभागका प्रमुख एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077