Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज दल दर्ता गर्दै एमाले

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले आज दल दर्ता गर्ने भएको छ ।

दल दर्ताका लागि आज दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने छन् ।

दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली र सचिवहरुसहितको टोली आयोग कार्यालयमा जाने बताइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरु धमाधम दल दर्ता गरिरहेका छन् । आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077