Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • छाडा चौपाया व्यवस्थापनका लागी जुटदै भक्त ह्युमानिटी

    छाडा चौपाया व्यवस्थापनका लागी जुटदै भक्त ह्युमानिटी

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 903
    SHARES

    धनगढी । छाडा चौपायाको व्यवस्थापनका लागी भक्त बि बि फर ह्युमानिटीले पहल थालेको छ । राष्ट्रीय तथा अन्तरराष्ट्रीय स्तरमा बिबिध समाजिक सेवाका कार्यहरू गर्दै आईरहेको भक्त बि बि फर ह्युमानिटीले छाडारुपमा छोडिएका गाईहरुको व्यवस्थापनका लागी कार्य अघि बढाएको हो ।

    स्थानियपालिकाहरुको सहकार्यमा छोडिएका गाई गोरु संरक्षणका लागी गौशाला निमार्ण गर्ने कार्य अघि बढाइने सस्थाले जनाएको छ । देशैभरी १४ स्थानमा गौशाला खोलेर हजारौं गाईगोरु हरुको संरक्षण गर्दै आएको संस्थाले जनाएको छ ।



    योगि पिताम्बरको संरक्षण तथा सल्लाह बमोजिम र वसाह वर्डा गौ सेवा आश्रम संगको सहकार्यमा महेन्दनगर देखी लम्की सम्म गाईको व्यवस्थापनका लागी कार्य गर्ने संस्थाका सहसंयोजक राज बहादुर चन्दले बताए



    । कार्यक्रम शुरुवातका रुपमा बर्दिया जिल्लामा रहेको वारबर्दिया नगरपालिकामा स्थित वसाह वर्डा गौ सेवा आश्रममा रहेको गौशालामा गौ संरक्षण को आवश्यकता तथा दिगो ब्यबस्थापन बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

    पुर्ब मन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखक सहित विभिन्न राजनैतिक दलका अगुवा नेताहरू एवं समाजसेविहरु, विभिन्न स्थानिय सरकारका प्रमुख तथा उपप्रमुख एवं प्रतिनिधि लगायतको उपस्थितीमा बृहत अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    कार्यक्रमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख, उप-प्रमुख,भिमदत्त नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, बेतकोट नगरपालिकाका उपप्रमुख, त्यसै गरि शुक्लाफाँटा, गोदावरी, गौरीगङ्गा, घोडाघोडी नगरपालिका र कैलारी गांउपालिकाका अध्यक्ष तथा कर्मचारी र प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार