Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिन्धुली लैजान लागिएका १७ वटा दुहुना गाई चितवन प्रहरीले किन रोक्यो ?

    सिन्धुली लैजान लागिएका १७ वटा दुहुना गाई चितवन प्रहरीले किन रोक्यो ?

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 858
    SHARES

    चितवन । चितवनबाट खरिद गरी सिन्धुली लैजान लागिएका १७ वटा दुहुना गाई प्रहरीले रोकेको छ । दुध उत्पादनका लागि खरिद गरिएका दुहुना गाई चितवन नाकामा अलपत्र परेका हुन् ।

    चितवनको लोथरमा प्रहरीले दुई वटा गाडीमा राखिएको १७ वटा गाई हिजो साँझ रोकेर अलपत्र पारेको छ । गाउँपालिका र वडाको कागजपत्र र सिफारिस सहित गाई लैजान लागिएको भएपनि सिमानामा रोकिएको बताइएको छ ।



    ऋण लिएर दूध उत्पादन बढाउने हिसाबले खरिद गरिएका गाई हामीलाई मासुका लागि तस्करी गरेको भनेर रोकिएको किसान बाबुराम श्रेष्ठले बताए ।



    हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा रहेका कृषकहरुलाई व्यवसायीक बनाउने उद्देश्यले व्यवसायीक पशुपालनलाई अभियानकै रुपमा अघि बढाएपछि त्यहाँका किसानहरुले पशुपालनको कार्य थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार