Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सांसद मुसलमानको व्यंग्य - घर जानेबेला भइसक्यो, एम अधिकारी को हुन् भन्ने थाहा भएन

काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहर कमल मुसलमानले एम अधिकारी को हुन् भन्ने कुरा संसदले पत्ता लगाउन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठक बोल्दै उनले हामीले संसदमा पटक–पटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न नसकेको बताए ।

उनले भने, 'के हामी घर जाँदाजाँदै एम अधिकारीको पहिचान गर्न सक्छौं ?’ हामीले जनतालाई के जवाफ दिने ? महाप्रसाद अधिकारी हुन् कि माधव अधिकारी हुन् कि ? कहाँका बासिन्दा हुन् ? राष्ट्र बैंकका गभर्नर हुन् वा कुनै कृषक ।’

यसको जानकारी प्राप्त भए जनताको माझमा जाँदा कम्तिमा संसदले यो कुरा पत्ता लगाएको भन्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077