Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

केन्याविरूद्धको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिम घोषणा, ज्ञानेन्‍द्रको कमब्याक

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्यासँगको टी–२० र एकदिवसीय क्रिकेट शृङ्खलाका लागि टिमको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो ।

टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि समावेश छन् । विनोद भण्डारी र कुशल भुर्तेल भने टिममा परेका छैनन् । युवा विकेटकिपर अर्जुन साउद पहिलो पटक टिममा परेका छन् ।

नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव रहेका छन् ।

जितेन्द्र मुखिया, भीम सार्की, प्रतिस जीसी र हरिशंकर साह वैकल्पिकमा रहेका छन् । नेपालले यही अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यासँग पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खला खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077