Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजेका बस्न लागेको हो । बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ।

जस अनुसार बैठकमा तथ्यांक विधेयक दफावार छलफल सदनमा प्रस्तुत हुनेछ भने बुधबार नै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ। शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्‌का महासचिव डा भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ।

शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ सम्भावित कार्यसूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077