Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपत्यकामा भारी वर्षा : चार जनाको उद्धार, काँडाघारीको प्रहरी कार्यालय नै डुब्यो

काठमाडौं । भक्तपुर र आसपासका क्षेत्रमा गएराति परेको भारी वर्षाले विभिन्न ठाउँका क्षति गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार केही क्षेत्रमा डुबान तथा कटान हुँदा क्षति पुगेको हो । मनहरा खोलाको डुवान र कटानको कारण घर टहराहरुमा पानी पसी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

चाँगुनारायण नगरपालिका ४ मनहरा खोला निलोपुल नजिक हरी राईको बंगुर फर्मबाट खोलाल बंगुर बगाएको छ भने वडा नं. १ दुवाकोट बेसी मनहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको छ । टहरामा बस्ने चारजनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

मध्यपुर ठिमी नगरपालिका २ स्थित मनहरा खोला किनार दिब्यश्वरी प्लानिङ स्थित अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएका छ । सोही नगरपालिकाको वडा नं. १ मनहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको प्रहरीले जनाएको छ ।

यस्तै अविरल वर्षाका कारण काँडाघारीमा रहेको प्रहरी प्रभाग नै डुबानमा परेको छ। प्रहरी कार्यालयको एक तल्लाको पुरै भाग डुबाएको छ। मेसको आधा भाग बगाएको, मेसभित्र भएको ग्यास, खाद्यान्न, भाँडा, फर्निचरको सामान सबै बगाएको प्रहरीले जनाएको छ। कार्यालयको पछाडिको भागमा रहेको ३ वटा मोटरसाइकल समेत बगाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077