Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशभर बाढी र पहिरोले क्षति गरेका बेला सरकारले कानमा तेल हालेर बस्यो : महेश बस्नेत

काठमाडौं । सांसद महेश बस्नेतले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले यतिखेर राहत र उद्दारमा खटिनुपर्ने सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका हुन्।

उनले भने, 'देशभर बाढी र पहिरोले क्षति गरेको छ। सरकारले यतिखेर कानमा तेल हालेर बसेको छ।'

उनले भक्तपुरको मनोहर खोलामा आएको बाढीले बस्ती नै डुबानमा परेको बताउँदै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। सदनमा आएर गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिन र उचित पहल गर्न माग गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077