Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैपरिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला

बझाङ । बझाङको बुङ्गल नगरपालिकामा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बुङ्गल नगरपालिका–९ घर भएका एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

झुन्डिएको अवस्थामा भेटिएका तीन जनाको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृतक गीताका श्रीमान् पुष्कर पार्की गएराति मात्र भारतबाट घर फर्केको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077