काठमाडौं । नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गरेका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनुपर्ने समेत बताए । नागरिकता सम्बन्धि ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भएपनि एमालेले साथ नदिएको बताए ।
उनले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटकपटक आग्रह गरे ।
सांसद देवले मुख्य राजनीतिक दलहरु अझै पनि एकतावद्ध भएर अघि बढ्नुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोप समेत लगाए ।