Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता पाण्डेले गोरखा–२ बाट चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट संघीय संसदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

गोरखामा भएको कार्यक्रममा उनले २०७० र २०७४ सालको चुनावमा विभिन्न कारणले उम्मेदवारी दिन नपाएका भन्दै उनले यसपटक आफ्नो दावी स्वभाविक रहेको बताए ।

एउटै निर्वाचन क्षेत्रमा पटक पटक अन्य पार्टीलाई भोट हाल्न सक्ने अवस्था नभएकाले पनि यो पटक क्षेत्र नम्वर २ कांग्रेसले लिने उनले बताए ।

गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल हुने र दुई पार्टीले आधा आधा सिट लिने भन्दै उनले गोरखा २ बाट आफू उठ्ने घोषणा गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077